ओली सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गर्यो : विश्वकर्मा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सामाजिक सञ्जालमाथि केपी ओली सरकारले प्रतिबन्ध लगाएर मूर्खतापूर्ण काम गरेको बताएका छन् ।
राजधानीमा बिहीबार नेकपाले गरेको खबरदारी सभामा बोल्दै उनले जेनजीको मुद्दा नै दलाल पुँजीवादीहरूले अपहरण गरेको आरोप लगाए ।
‘ तत्कालीन केपी ओली नेतृत्वकाे सरकारले मूर्खतापूर्ण काम गर्यो । आइटीले नेपाली समाजमा पारेको प्रभाव आक्रामक छ । आम नेपाली जनताको दैनिकीसँग जोडिएको सामाजिक सञ्चालनमा प्रतिबन्ध लगाउने मूर्खतापूर्ण काम अघिल्लो सरकारले गर्यो’, उनले भने, ‘जेनजीले भ्रष्टाचारी र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा विद्रोह गर्यो । अहिले असली जेनजी छैन । भदौ २४ गते बेलुका कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा भारतीय राजदूतावासमा छलफल भयो । जेनजी आन्दोलनमा बलिदानी गर्नेलाई किन प्रधानमन्त्री बनाएन ? क्षमतावान् जेनजीलाई किन मन्त्री बनाएन ?’
सुशीला कार्की नेतृत्वको सरकार मालिकले दिएको प्रोजेक्ट पुरा काम गर्न बनेको उनले आरोप लगाए । जेनजीको बलिदानीलाई मध्यनजर गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न समेत उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण