‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गतेदेखि प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अगामी मंसिर १८ गते रिलिज हुनेछ । पटक पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको निर्माण युनिटले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।
जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यो फिल्म यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेको हो ।
नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।
'हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्यौँ, निर्माता विनोद पौडेलले भने, 'सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौँ । उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन् ।'
फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकार छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण