संसद् सञ्चालनका लागि मुख्यमन्त्री सभाहल मर्मत गरिँदै (तस्बिरहरू)
मकवानपुर । बागमती प्रदेश सभा सञ्चालनका लागि गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट क्षति पुगेको मुख्यमन्त्री सभाहल मर्मत गरिँदै छ ।
प्रदेश सभा सञ्चालन गर्न मिल्ने गरी हेटौँडा उपमहानगरपालिका पछाडि रहेको उक्त सभाहललाई अस्थायी प्रदेश सभा बैठक स्थलको रूपमा तयार पार्न लागिएको हो ।
सहरी विकास तथा भवन कार्यालय, हेटौँडाले संसद् चलाउने गरी सभाहलको मर्मत सम्भारको काम गरिरहेको छ । हाल जलेका सामग्री हटाउने, मर्मत गर्ने, रङ लगाउने तथा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको कार्यालयका प्रमुख सुबोध अधिकारीले जानकारी दिए ।
उनका अनुसार १० लाख रुपैयाँभन्दा कम लागतमा कोटेशनमार्फत उक्त हलको मर्मत कार्य भइरहेको छ ।
आन्दोलनका क्रममा प्रदेश सभाको नवनिर्मित भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेपछि उक्त भवन जलेर नष्ट भएको थियो भने तत्कालीन समयमा हाउस बस्दै आएको हेटौँडा–१० स्थित २ वटा हलसमेत जलेर खरानी भएको थियो ।
आगजनीबाट प्रदेशसभा हल सहित सचिवालय र दलका कार्यालयहरूको महत्त्वपूर्ण कागजात, फर्निचर र सवारीसाधनहरू समेत जलेर खरानी भएका थिए ।
प्रदेश सभा भवन ध्वस्त भएपछि बैठक सञ्चालन गर्ने स्थलको अभाव भएकोले तत्कालका लागि मुख्यमन्त्री कार्यालयको सभाहललाई विकल्पको रूपमा प्रयोग गर्न लागिएको हो ।
प्रदेश सभा सचिवालयले हलमा आवश्यक पर्ने कुर्सी, टेबल, इलेक्ट्रोनिक्स तथा अन्य मेसिनरी औजारको व्यवस्थापन भइरहेको प्रदेश सभाका सचिव रामकुमार पाैडेलले बताए । उनका अनुसार अधिकांश सामग्रीहरू भाडामा लिएर बैठक सञ्चालनको तयारी भइरहेको छ ।
‘तत्कालका लागि वैकल्पिक रूपमा यो हलमा संसद्को कार्यक्रम सञ्चालन गर्न तयारी भइरहेको छ,’ सचिव पाैडेलले भने ‘उपमहानगरपालिका पछाडि रहेका जलेका सामग्री र सवारी साधनहरूको व्यवस्थापनको काम पनि भइरहेकाछ । मर्मत तथा व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेकाले अब छिट्टै प्रदेश सभा बैठक सञ्चालन हुने अपेक्षा छ । सरकारले पनि सोही अनुसार बैठक बोलाउने तयारी गरिरहेको बुझेको छु ।’
जेनजी प्रदर्शनकै क्रममा बागमतीको प्रदेश सभा क्षतिग्रस्त भएको थियो ।
_AYYEP6LBwS.jpg)
_tLTAouXzqQ.jpg)
_BOvJwdZlRW.jpg)
_HH0PXVAi9U.jpg)
_QhM7Ccz2hm.jpg)
_PczEIiV3S5.jpg)
_5wjekdLaZT.jpg)
_q3sbMfn9nX.jpg)
_I86Nrsx6ch.jpg)
_vaSvLywgdU.jpg)
_6oFEkZjcqa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण