धान काटिरहेका बेला डसेपछि रिसले चुर युवकले सर्पलाई नै टोकेर मारिदिए
सारांश
- उत्तर प्रदेशको हरदोई जिल्लामा एक युवकलाई कोब्राले टोकेपछि रिसको आवेगमा उनले सर्पलाई नै टोकेर मारे।
- पुनीत नामका युवक धान खेतमा काम गरिरहेका बेला सर्पले टोकेपछि उनले सर्पको फणामा टोकेर मारेका थिए।
- युवकलाई अस्पतालमा भर्ना गरियो र उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ, डाक्टरका अनुसार उनको ज्यान पनि जान सक्थ्यो।
हरदोई, उत्तर प्रदेश । सामान्यतया मानिसलाई सर्पले टोकेको खबर सामान्य मानिन्छ, तर भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाको भडायल गाउँमा एउटा अनौठो घटना भएको छ । यहाँका २८ वर्षीय एक युवकलाई विषालु कोब्राले टोकेपछि ती युवकले रिसको आवेगमा सर्पलाई नै टोकेर मारिदिएका छन् । यस घटनाले अहिले सबैको ध्यान तानेको छ ।
इन्डिया टुडेका प्रशान्त पाठकको रिपोर्टअनुसार पुनीत नामका ती युवक आफ्नो धान खेतमा काम गरिरहेका बेला उनको खुट्टामा एउटा कालो कोब्रा बेरियो । सर्पले उनलाई दुई–तीन पटक टोकेपछि रिसले चुर भएका पुनीतले सर्पलाई खुट्टाबाट छुटाएर दाँतले टोकी फणलाई कुल्चेर मारिदिए ।
सर्प मरेपछि पुनीतले यो कुरा परिवार र गाउँलेलाई बताए । उनलाई तत्काल हरदोई मेडिकल कलेज लगियो जहाँ उनलाई रातभर आपतकालीन वार्डमा भर्ना गरियो । भोलिपल्ट बिहान उनको अवस्था सामान्य भएपछि डाक्टरहरूले डिस्चार्ज गरिदिए ।
घटनाबारे पुनीतले भनेका छन्,–म आफ्नो धान खेतमा गएको थिएँ । त्यहीँ मलाई कालो कोब्रा सर्पले टोकेको थियो । त्यसपछि मैले त्यसलाई समातेर त्यसको मुख नै टोकिदिएँ । टोकेपछि म घर आएँ र जिल्ला अस्पताल गएँ । जिल्ला अस्पतालमा रातभर भर्ना भएँ । त्यसपछि मलाई ठीक भयो र म घर आएँ । अहिले पनि मलाई ठीकै छ । त्यस्तो केही महसुस भइरहेको छैन ।’
उनको उपचारमा संलग्न डा शेर सिंहले भने, ‘रातमा पुनीत हाम्रो आपतकालीन कक्षमा आएका थिए । उनी भन्दै थिए, मलाई कुनै सर्पले टोकेको छ । यद्यपि, उनको अवस्था सामान्य थियो । जसलाई हामीले यहाँ भर्ना गरेर प्राथमिक उपचार गर्यौँ । उनी भन्दै थिए कि उनले पनि सर्पलाई टोकेका थिए र फोटो पनि देखाइरहेका थिए ।’
डा सिंहले पुनीतको ज्यान पनि जान सक्ने बताए । किनभने कोब्रा सर्पहरू धेरै विषालु हुन्छन् । यद्यपि भाग्यवश पुनीत खतरामुक्त रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण