जनकपुरधाम–ढल्केवर सडकमा आकाशे पुल निर्माण गरिँदै
जनकपुरधाम । जनकपुरधाम, २० कार्तिक । जनकपुरधाम–ढल्केवर ६ लेन व्यापारिक राजमार्गमा तीन वटा आकाशे पुल निर्माणको कार्य सुरु गरिएको छ ।
पैदल यात्रुहरूको सुरक्षाका लागि करिब साढे १० करोड रुपैयाँ लागतमा सडक डिभिजन कार्यालय मुजेलियाले सो पुलहरूको निर्माण अघि बढाएको हो।
आकाशे पुलहरू धनुषाको क्षिरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा निर्माण हुँदै छन्। अत्यधिक पैदल चाप हुने क्षिरेश्वरनाथको महिला विकास चोक र सखुवा चोकमा दुई वटा तथा लक्ष्मीनियाको बजार चोकमा एक वटा पुल निर्माण भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगा प्रसादले जानकारी दिए।
उनका अनुसार महिला विकास चोकको पुल ३ करोड ३५ लाख, सखुवा चोकको ३ करोड ५७ लाख र लक्ष्मीनियाको ३ करोड ४२ लाख रुपैयाँ (भ्याटसहित) लागतमा दुई फरक निर्माण कम्पनीले काम सुरु गरिसकेका छन्।
‘तीनै स्थानमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सबै पुल यसै आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ इन्जिनियर प्रसादले बताए।
सडक डिभिजन कार्यालयका साईट इन्जिनियर उज्जवल झाका अनुसार प्रत्येक पुलको उचाइ ५.६ मिटर, लम्बाइ २९.४ मिटर र चौडाइ ३ मिटर रहनेछ। उनले भने, ‘आकाशे पुल बनेपछि पैदल यात्रुहरूका लागि सडक पार गर्न सहजता हुनेछ र दुर्घटनाको जोखिम घट्नेछ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीले पनि पुल निर्माणपछि दुर्घटनाको दरमा कमी आउने विश्वास व्यक्त गरे। उनले भने, ‘पूर्व–पश्चिम लोकराजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने यस सडकमा दैनिक सयौँ पैदल यात्री हिँड्छन्। पुल बनेपछि उनीहरूलाई सुरक्षित रूपमा सडक पार गर्न सक्ने सुविधा उपलब्ध हुनेछ।’
स्थानीय बासिन्दाहरू पनि पुल निर्माणको पहलप्रति उत्साहित छन्। क्षिरेश्वरनाथका स्थानीय विजय साहले भने, ‘हाम्रो क्षेत्रमा हाट बजार र विद्यालय नजिकै सडक छ। पहिले सडक काट्दा निकै जोखिम थियो, अब पुल बनेपछि बालबालिका र वृद्धवृद्धालाई ठूलो राहत हुनेछ।’
जनकपुरधाम–ढल्केवर ६ लेन सडकलाई प्रदेशको प्रमुख व्यापारिक राजमार्गका रूपमा विकास गरिँदै आएको छ। दैनिक हजारौँ सवारीसाधन गुड्ने र घना आवासीय क्षेत्रबाट गुज्रिने यस सडकमा आकाशे पुल निर्माणले यातायात सुरक्षा र पैदल आवागमनमा नयाँ सहजता ल्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण