बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माधवप्रति रामकुमारीको टिप्पणी– आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए हुने

शुक्रबार, २१ कात्तिक २०८२, ०९ : १७
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रामकुमारी झाँक्रीले नेकपा एसबाट कारबाहीप्रति माधव नेपाललाई टिप्पणी गर्दै बेइज्जती नगर्न आग्रह गरिन्।
  • उनले कारबाहीको औचित्यमाथि प्रश्न उठाउँदै, यसले इतिहास बल्झाएको बताइन्।
  • झाँक्रीले जीवनको अन्तिम क्षणमा मिठो वा तितो सम्झना मात्रै रहने भन्दै, सुखद भविष्यको कामना गरिन्।

काठमाडौँ । नेकपा एमाले प्रवेशको तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीबाट आफूलाई कारबाही गरिएकोप्रति तीखो टिप्पणी गरेकी छिन् । पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्बोधन गर्दै उनले भनेकी छिन्– 'आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड । '

उनले थप लेखेकी छिन्– 'केही अर्थ छ र अब पनि कारबाहीको ?लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो । '

झाँक्रीले थप भनेकी छिन्– 'जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप