अपडेट
सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको बैठक जारी
शुक्रबार, २१ कात्तिक २०८२, १२ : ००
सारांश
- सिंहदरबारमा संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु भयो।
- बैठकमा सांसदहरूले गरिरहेका काम र सुविधा कटौतीबारे छलफल हुनेछ।
- सरकारले कटौती गरेको सेवा सुविधाको विषयमा निर्णय लिन र दबाब दिन छलफल केन्द्रित छ।
काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।
निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको विषयमा एकजुट भएर निर्णय गर्ने र सरकारलाई निर्णय उल्ट्याउन दबाब दिने हो । त्यसका लागि संघ र प्रदेशका संसद्का पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
सरकारले केही दिनअघि प्रतिनिधिसभाका उपसभामुख राष्ट्रिय सभाका उपाध्यक्ष लगायत को सचिवालयको सुविधामा कटौती गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण