सञ्चारमन्त्रीद्वारा लाइसेन्स छपाइ उद्घाटन
शुक्रबार, २१ कात्तिक २०८२, १३ : ४९
सारांश
- सञ्चारमन्त्रीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरे।
- सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छाप्ने समझदारी भएको छ।
- पुराना २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको छ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन् । शुक्रबार काभ्रेमा आयोजित एक समारोहका बिच उनले सुरक्षण मुद्रण केन्द्रले छाप्ने लाइसेन्सको उद्घाटन गरेका हुन् ।
यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ।
गत भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रुपमा ध्वस्त भएको थियो । यस्तै सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रुपमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण