एमसीसी परियोजनामा संलग्न कम्पनीलाई एक वर्षको आयकर छुट
सारांश
- नेपाल सरकारले एमसीसी परियोजनामा काम गर्ने कम्पनीहरूलाई आयकर छुट दिने निर्णय गरेको छ।
- यो निर्णयले एमसिसी फन्डिङबाट आर्जित आम्दानीमा आयकर तिर्नु नपर्ने व्यवस्था गरेको छ।
- यस निर्णयबाट ट्रान्समिसन लाइन र सडक सुधार आयोजनामा कार्यरत कम्पनीहरूलाई लाभ हुनेछ।
काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हाे ।
उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’
यस निर्णयले नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसिसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालको काम गर्ने कम्पनीले एमसिसी फन्डिङ (नेपाल सरकारको योगदानसहित)बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
यसको प्रत्यक्ष लाभ एमसिसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन र सडक सुधार जस्ता ठुला पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूलाई हुनेछ । यस निर्णयले परियोजनाको गतिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
_YHtXKy4Tay.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण