देश र नागरिकको सेवामा समर्पित रहन निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण सशस्त्र प्रहरीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सञ्चालित सि.सं. १७ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक अर्यालले जुनसुकै दर्जाका सशस्त्र प्रहरीहरुको सानो गल्तीले व्यक्तिगत मात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, संयमता र जिम्मेवार भई अघि बढ्न समेत निर्देशन दिए ।
दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई बधाई दिनुकासाथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण