बुटवल कृषि उपज थोक बजार केन्द्रलाई टेन्डरमा जाने बाटो खुला
बुटवल । जिल्ला अदालत रुपन्देहीले बुटवल कृषि उपज थोक बजार नियमित टेन्डरमा जानुपर्ने फैसला गरेको छ । उक्त आदेशसँगै बुटवल कृषि उपज केन्द्र नियमित टेन्डरमा जाने प्रक्रिया अगाडि बढेको छ ।
बुटवल कृषि उपज केन्द्र सञ्चालक समितिले गत वर्षको भदै सूचना प्रकाशित गरेर बोलपत्रको दर्ता गरे पनि लुम्बिनी फलफूल तरकारी व्यवसायी सङ्घको तर्फबाट सन्तोष अग्रहरीसहितले विगतमा भएको करारलाई निरन्तरता पाउनुपर्ने माग सहित अदालतमा मुद्दा दायर गरेका थिए ।
तर उक्त मुद्दामा न्यायाधीश अशोक कुमार बस्नेतको एकल इजलासले बिहीबार फैसला सुनाउँदै मुद्दा खारेज गरेपछि रोकिएको टेन्डर खुलाउनको लागि प्रक्रिया आगाडि बढेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले रातोपाटीलाई बताए ।
वि.सं. २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो। सोही अनुसार ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता गरेर बैंक ग्यारेन्टी समेत लिइएको थियो ।
अध्यक्ष भुसालले भने, त्यो बेला ६८ वटा सटरको लागि २६७ वटा बोलपत्र दर्ता भएका छन्, बैंकमा पैसा पनि ग्यारेन्टी लागि राखेका छन्, कागजपत्र इलाका प्रशासन कार्यालयमा छन्। अब उक्त बोलपत्र खोल्ने काम छिटै हुन्छ।
२०६७ सालमा १० वर्षका लागि तरकारी तथा फलफूल व्यवसायी सँग सम्झौता भएको थियो । उक्त सम्झौतामा २०७७ भदौमा सकिएपछि कृषि मन्त्रालयको कृषि बजार प्रवर्द्धन केन्द्र र बुटवल उपमहानगरले सञ्चालक समितिलाई सटर भाडामा लगाउने प्रक्रिया थाल्न निर्देशन दियो। तर कोभिड लगायत कारणले ढिलाइ भएको थियो ।
व्यवसायीहरू ऋषव पोखरेलले आफूहरूले गत सालको भदैमा सूचना प्रकाशित भए अनुसार नै बोलपत्र हाले पनि रोकिएका अव आफूहरू बुटवल कृषि उपज केन्द्र भित्र व्यवसाय गर्न पाउने विश्वास व्यक्त गरे ।
१५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण