कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन
सारांश
- पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।
- काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भयो।
- स्वास्थ्य समस्याका कारण उनी भेन्टिलेटरमा थिए र मिर्गौला फेल भएको थियो।
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।
काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।
विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते जन्मकैदको सजाय सुनाएको थियो ।
त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगन्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।
कारागारबाट छुटेलगत्तै उनको स्वास्थ्यमा निरन्तर समस्या देखिन थालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण