खेलकुद
हङकङ सिक्सेस : नेपाल दक्षिण अफ्रिकासँग पराजित
शनिबार, २२ कात्तिक २०८२, ०७ : ५५
सारांश
- हङकङ सिक्सेस क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भयो।
- नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले ३.४ ओभरमा पूरा गर्यो।
- नेपालका लागि लोकेश बमले २ विकेट लिए भने राशिद खानले सर्वाधिक १६ रन बनाए।
काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।
जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।
यता नेपालका लागि लोकेश बमले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३।३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण