भासिएको ८ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेन जब्दिघाट पुल (तस्बिरहरु)
सारांश
- बबई नदीको जब्दिघाट पुल २०७४ सालमा भत्किएको थियो, जसले गर्दा सवारी आवागमन ठप्प छ।
- पप्पु कन्ट्रक्सनले पुल निर्माणमा लापरबाही गर्दा पुल भत्किएको पुष्टि भएको छ, जसले गर्दा स्थानीयलाई डुंगाको सहारा लिनुपरेको छ।
- पुल निर्माणको काम तोकिएको समयभन्दा ढिलो सम्पन्न भएको थियो, र हस्तान्तरण नहुँदै भत्किएपछि पप्पुसँगको ठेक्का सम्झौता तोडियो।
काठमाडौँ । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बिच भागको स्पान बगाएकाेमा हालसम्म पुनर्निमाण हुन सकेकाे छैन ।
भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार पुल निर्माण नगर्दा सो पुल भासिएको हो । सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीले गम्भीर लापरबाही गरेको देखिएको छ ।
_NFpVDhsCUF.jpg)
पुलचोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदन अनुसार जमिनमुनि १६ मिटरसम्म पाइल राख्नु पर्नेमा ५ मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदन उल्लेख गरिएको छ । जसका कारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो ।
_bHNT0HqRLF.jpg)
हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् ।
_LNZDNVK50c.jpg)
पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ ।
_E4jjl7mJK1.jpg)
पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४ सय ३५ मिटर रहेको छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।
_ecFPj5xbey.jpg)
जब्दीघाटमा स्टिमर सञ्चालनमा छ । स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना नेपाल फोटो लाइब्रेरी
_e33oSKteJz.jpg)
_GYpU08rKFY.jpg)
_bLYCWVJv3k.jpg)
_Klx3IY82VQ.jpg)
_grJngPvLo7.jpg)
_aZVw00nzA0.jpg)
_GEwbQKVrio.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण