चुनाव भाँड्न ओलीले नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको प्रभु साहको आरोप
सारांश
- प्रभु साहले केपी ओलीले चुनाव भाँड्न नाटक गरिरहेको आरोप लगाए।
- उनले चुनाव हुन नदिने षड्यन्त्रको जनस्तरबाटै प्रतिवाद गर्नुपर्ने बताए।
- साहले जेनजी आन्दोलनकारीको हत्यामा संलग्नहरूलाई कारबाहीको माग गरे।
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनमा हुने चुनाव भाँड्नका लागि नयाँ-नयाँ नाटकमञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव हुन नदिने कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका हुन्।
शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भनेर ओलीले आफ्नो दलका नेताहरूलाई हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको भन्दै चुनावबाट नभाग्न चेतावनी दिए। साहले जेनजी आन्दोलनमा चरम दमन गर्ने र युवाहरूको छाती र टाउकोमा ताकी-ताकी गोली हान्नेहरूले नै आज चुनाव हुन नदिने भन्दै चुनौती दिन थालेको टिप्पणी गरे।
ओलीको दम्भकारी शासन र अहङ्कारलाई युवाहरूको बलमा जनताले धुलो चटाएको हुनाले नै एमाले चुनाव फेस गर्न डराएको उनको भनाइ छ। उनले युवाहरूको हत्यामा संलग्न शासकहरूको मुख जनताले हेर्न नचाहेको बताए।
साहले जेनजी युवाहरूको हत्यामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि नबढेको भन्दै सरकार र हत्याराहरूको नेक्ससको गन्ध आएको आरोप लगाए। उनले गृहमन्त्री ओमप्रकाश अर्याल ‘सस्तो लोकप्रियतामा रमाएको’ भन्दै आलोचना गरे। पूर्वराष्ट्रपतिहरूको जलेको घर अवलोकन गरेर फोटो प्रचारबाजीमा रमाउनुभन्दा जेनजी हत्यारालाई छिटो कारबाही गर्न उनले गृहमन्त्रीलाई चुनौती दिए।
साहले जेनजी आन्दोलनकारीलाई छानी-छानी पक्राउ गर्ने तर हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिनेगरि नाटक रचिएको आरोप लगाउँदै सुशीला कार्की नेतृत्वको सरकार नै जेनजी आन्दोलनको गौरवलाई धुमिल पार्न उद्यत रहेको शङ्का व्यक्त गरे। उनले जसरी पनि २१ फागुनमा चुनाव गराउने दायित्वबाट सरकार नभाग्न चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण