अझै सुरु भएन मधेस प्रदेश सभा बैठक, सुरक्षा व्यवस्था कडा
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन नसकेपछि प्रदेशसभा बैठक स्थगित भयो।
- मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि बैठकबाट बाहिरिएका थिए।
- जनमत पार्टीका सदस्यहरु अनुपस्थित हुनु र माओवादी केन्द्रका सदस्यले मत नदिने घोषणा गरे।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको एक घण्टा बितिसक्दा पनि पुनः सुचारु हुन सकेको छैन ।
आज बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठकबाट बाहिरिएका थिए । मुख्यमन्त्री प्रदेशसभा बैठकबाट बाहिरिएपछि लोसपाका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक १० मिनेटकालागि स्थगित गरेका थिए । तर १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिए पनि पुन बैठकमा बस्न सकेन ।
मधेस प्रदेश सभामा सत्ता गठबन्धनका दलहरू लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सदस्यहरू छन् । तर जनमतबाट जनस्वराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन साह प्रदेशसभामा अनुपस्थित भए । त्यस्तै नेपाल संघीय समाजवादी पार्टीका प्रदेससभा सदस्य विमला अन्सारी पनि अनुपस्थित छिन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरू रहवर अन्सारी र माला कर्णले सदनमै विश्वासको मत नदिने घोषणा गरिसकेका छन् । मुख्यमन्त्री सोनलले यसरी विश्वासको मत नपाउने देखेपछि प्रदेशसभा बैठक केहीबेरका लागि स्थगित गरिएको थियो ।
अहिले सभामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभा सदस्यहरू सुरक्षा निगरानीमा बसेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण