रोमाञ्चक खेलमा युनाइटेड र टोटनहामले बाँडे अंक, गुमाए दोस्रोमा उक्लिने अवसर
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत शनिबार साँझ म्यानचेस्टर युनाइटेड र टोटनहाम हट्सपरले रोमाञ्चक बराबरी खेलेका छन् ।
एक गोलले पछि परेको अवस्थामा रहेको टोटनहामले दुई गोल गर्न सफल भए पनि खेल २–२ को बराबरीमा सकियो ।
३२औँ मिनेटमा ब्रायन ब्युमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाए पनि दोस्रो हाफमा अर्थात् ८४औँ मिनेटमा टोटनहामले बराबरी गोल फर्कायो । म्याथेस टेलले बराबरी गोल गरेका थिए । लगत्तै सात मिनेटपछि अर्थात् अतिरिक्त समयको पहिलो मिनेटमै टोटनहामले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याए, ब्राजिलियन खेलाडी रिचर्लसनले गोल गर्दा टोटनहाम जित नजिक पुग्नै लागेको थियो । तर म्याथिस् डि लिग्टले रिचर्लसनले गोल गरेको पाँच मिनेटमै जाली चुमाएपछि टोटनहामलाई भारी पर्यो, युनाइटेड हार टार्न सफल भयो ।
बराबरीपछि दुवै टिमले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएका छन् । दुवैले १८ अंक बनाउँदा टोटनहाम तेस्रो तथा युनाइटेड सातौँ स्थानमा छन् । शीर्ष स्थानको आर्सनलको भने १० खेलबाटै २५ अंक छ । दोस्रोमा रहेको म्यानचेस्टर सिटीको भने १९ अंक छ, उसले १० खेल खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण