खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : हवाई उडान सुचारु
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएका हवाई उडान सुचारु भएको छ ।
शनिबार साँझदेखि हवाई उडानहरूमा अवरोध सिर्जना भए । यसका कारण काठमाडौँ आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका थिए ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार आज साँझ ५ः ३० बजेदेखि रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको हो । तर अहिले समस्या समाधान गरिएको छ । लाइटको समस्याका कारण विमानहरूको अवतरण र उडान दुवै कार्य पूर्ण रूपमा रोकिएका थिए ।
अवरोधका कारण सोल र इन्चेनबाट आउने कोरियन एयरको उडान नम्बर केई ६९५ र दिल्लीबाट आउने स्पाइसजेटको उडान नम्बर एसजी ०४१ रद्द गरिएका थिए ।
त्यस्तै, दोहाबाट आउने कतार एयरवेजको उडान नम्बर क्युआर ६४४ लाई ढाका डाइभर्ट गरिएको थियो भने दुबईबाट आउने फ्लाई दुबईको उडान नम्बर एफजेड १५३७ लखनउमा अवतरण गराइएको थियो । दिल्लीबाट आउने नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २१८ र शारजाहबाट आउने एयर अरेबियाको उडान नम्बर जीनाइन ५३० लाई भने आकाशमै होल्डमा राखिएको थियो ।
उडान ठप्प हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुहरूले ठुलो असुविधा भोगेका थिए । विमानस्थल खुलेसँगै रोकिएका उडान तालिकाअनुसार सञ्चालन गरिने शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण