तस्बिरमा हेर्नुहोस् जेनजी आन्दोलनपछि बदलिएका काठमाडौँका पर्खालहरू
सारांश
- भादौ २३ र २४ गते देशभर भएको आन्दोलनमा ७६ जनाभन्दा बढीको मृत्यु भयो र केपी शर्मा ओली सरकार दुई दिनमै ढल्यो।
- आन्दोलनका क्रममा देशका महत्त्वपूर्ण संरचनामा तोडफोड र आगजनी भयो, जसले काठमाडौँको स्वरूप परिवर्तन गर्यो।
- आन्दोलनपछि काठमाडौँका सडक, भवन र भित्ताहरूमा नारा, भित्तेचित्र र नयाँ सन्देशहरू लेखिएका छन्।
काठमाडौँ । भदौ २३ र २४ गते देशव्यापी रुपमा जेनजी आन्दोलन भयो । आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले ज्यान गुमाए भने केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढल्न पुग्यो ।
आन्दोलनका क्रममा देशको महत्त्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो । सो आन्दोलनले काठमाडौँका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ । आन्दोलनको प्रभावले सहरका सडक, भवन र सार्वजनिक स्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देश सहित राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखिएको देखिन्छ ।

आन्दोलनपछि काठमाडौँका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।

कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ।

आन्दोलनका ती दिनहरूमा लेखिएका केही अश्लील नाराहरू अझै पनि मेटिएका छैनन्। तर, सडक विभाग र रत्नपार्क आसपासका भित्ताहरूमा अहिले सहिदप्रतिको श्रद्धा र परिवर्तनको आकांक्षा झल्काउने नयाँ चित्रहरू देख्न सकिन्छ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण