मेस्सीको उत्कृष्ट प्रदर्शन : ४ सय असिस्टको कोसेढुङ्गा पार, ९ सय गोलको नजिक
सारांश
- लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनले इन्टर मियामीले नेसभिललाई ४-० ले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्यो।
- मेस्सीले खेलमा दुई गोल गरे र जोर्डी अल्बालाई असिस्ट दिए, जसले टोलीको जित सुनिश्चित गर्यो।
- मेस्सीले आफ्नो करियरमा ८९४ गोल र ४०० असिस्टको कोसेढुङ्गा पार गरे।
मियामी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले इन्टर मियामीले शनिबार घरेलु मैदानमा नेसभिललाई ४-० ले हराउँदै २०२५/२६ एमएलएसको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शृङ्खला २-१ ले टुङ्ग्याउँदै साउथ फ्लोरिडाको टोलीले अब सिनसिनाटीको सामना गर्नेछ।
३८ वर्षको उमेरमा पनि मेसीले आफ्नो उत्कृष्ट रूप देखाउँदै टोलीलाई क्वाटरफाइनलमा पुर्याए। खेलको हाइलाइट नै मेस्सी रहे। उनले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। पहिलो गोल उनले पुरानो शैलीमा तीव्र गतिमा अगाडि बढेर बक्सको किनाराबाट सुन्दर फिनिस दिए।
दोस्रो गोल भने उनले सेन्टर फरवार्डजस्तै आएको असिस्टमा फिनिस गरे। यससँगै मेस्सीले आफ्नो करियरमा ८९४ गोल पुर्याएका छन् र ९०० गोलको नजिक पुगेका छन्।
दोस्रो हाफमा मेस्सीले जोर्डी अल्बालाई असिस्ट दिए, जसले टेडियो एलेन्डेलाई तेस्रो गोलका लागि सहयोग गरे। त्यसपछि, मेसीले आफैँ एलेन्डेलाई अर्को असिस्ट प्रदान गर्दै इन्टर मियामीको फराकिलो जित सुनिश्चित गरे।
एलेन्डेको गोलमा असिस्ट गरेसँगै मेस्सीले करियरमा ४०० असिस्टको कोसेढुङ्गा पार गरेका छन्। उनीभन्दा अगाडि अब ४०४ असिस्टसहित पुस्कास मात्र छन्। सन् २०२५ मा मेस्सीले ५० खेलमा ४४ गोल र २१ असिस्ट गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण