बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं, बालेनविरुद्ध लड्ने घोषणा

आइतबार, २३ कात्तिक २०८२, १० : २५
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर मेयर बालेन शाहविरुद्ध लड्न सहयोग गर्ने बताए।
  • महानगरको अल्टिमेटम सकिँदै गर्दा प्रसाईंले मंसिर ७ गतेदेखि सुरु हुने अभियानमा सहयोगको आह्वान गरे।
  • प्रसाईंले बालेन शाह र अन्य दललाई ठेगान लगाउने चेतावनी दिँदै सुकुम्बासीलाई पक्की घर दिलाउने आश्वासन दिए।

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन्। उनले भेला भएका सुकुम्बासीहरूलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका छन्।

Sukumbasi Bastima Durga Prasai_NPL (3)

बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे।

Sukumbasi Bastima Durga Prasai_NPL (1)

प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए। उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन्।

Sukumbasi Bastima Durga Prasai_NPL (2)

यस क्रममा उनले बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ खाएको आरोपसमेत लगाएका छन्।

Sukumbasi Bastima Durga Prasai_NPL (4)

दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए। महानगरको अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी भइरहेको बेला उनको यो कदमलाई मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।

Durga prasaiko pamplet (1)Durga prasaiko pamplet (2)Sukumbasi Bastima Durga Prasai_NPL (5)Sukumbasi Bastima Durga Prasai_NPL (6)Sukumbasi Bastima Durga Prasai_NPL (7)Sukumbasi Bastima Durga Prasai_NPL (8)Sukumbasi Bastima Durga Prasai_NPL (9)Sukumbasi Bastima Durga Prasai_NPL (10)Sukumbasi Bastima Durga Prasai_NPL (11)Sukumbasi Bastima Durga Prasai_NPL (12)Sukumbasi Bastima Durga Prasai_NPL (13)

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप