विराटनगर किङ्सद्वारा एनपीएलका लागि नयाँ जर्सी सार्वजनिक
आइतबार, २३ कात्तिक २०८२, १० : ५१
सारांश
- विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ।
- जर्सीमा कोशी प्रदेशको गौरव, शक्ति र सामुदायिक भावना झल्किन्छ।
- जर्सीको डिजाइनमा सप्तकोशी नदीको प्रवाह र पहाडको साहस झल्काउने प्रतीकहरू छन्।
काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को आगामी सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ ।
जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र सामुदायिक भावनालाई झल्काउँछ । यसका हरेक विवरणमा हाम्रा विश्वास, संस्कृति र विराटनगरको अविचलित भावना, उद्देश्य र पहिचान समेटिएको छ ।
जर्सीको डिजाइनको बिचमा सप्तकोशी नदीको प्रवाह झल्कने सात रेखाहरू छन् । यी रेखाहरू सप्तकोशीका सात सहायक नदीहरूको प्रतीक हुन्, जो विशाल नदी बन्न एकसाथ मिसिन्छन्। यसले एकता, शक्ति र गतिशीलतालाई जनाउँछ ।
जर्सीको त्रिकोणीय प्याटर्नले साहसका पहाडहरूलाई प्रतिनिधित्व गर्दछ, जसले धैर्य, दृढता र लगनशीलताको कथा भन्छ । सफलता पहाडको उकालो–ओरालो यात्राजस्तै हो, सिधा रेखामा आउँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण