मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालन
सारांश
- मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरु भएको छ, जसले चीनतर्फको आवतजावतलाई सहज बनाउनेछ।
- अध्यागमन सेवा सुरु भएपछि ल्होमान्थाङ गाउँपालिकाका अध्यक्षसहित १३ नेपाली नागरिक चीन प्रस्थान गरे।
- निषेधित क्षेत्रमा प्रवेश गर्दा नेपाली र चिनियाँ दुवै नागरिकले ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।
मुस्ताङ । मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरु गरिएको छ । कार्यालय उद्घाटन भएको १ वर्षपछि सेवा सञ्चालनमा ल्याइएको हो ।
शनिबार १३ जना नेपाली नागरिकहरू त्यहाँबाट चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । चीन प्रस्थान गर्नेमा ल्होमान्थाङ गाउँपालिकाका अध्यक्ष सहित १३ जना छन् ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले २०८१ कात्तिक १४ मा कोरलास्थित अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण हाल ल्होमान्थाङ इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको हो ।
चीनको अध्यागमनले पनि कोरालाबाट राहदानी र भिसा जारी गर्न थालेको छ । सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हुनाले सो क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनको लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।
नेपाल सरकारले चिनियाँ पर्यटकलाई एक भिसा वर्षमा १५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्दाचाहिँ चिनियाँ नागरिकले पनि ५ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण