‘जेनजी मुभमेन्ट अलायन्स’ को महानगरलाई चेतावनी : विकल्प नदिई सुकुम्बासी बस्तीमा डोजर नचलाऊ
सारांश
- काठमाडौँ महानगरले सुकुम्बासी बस्ती हटाउन डोजर चलाउने तयारी गरेपछि 'जेन-जी मुभमेन्ट अलायन्स'ले आपत्ति जनाएको छ।
- अलायन्सले बस्ती हटाउनुको सट्टा समस्या समाधान खोज्न र भूमिहीनहरुलाई आप्रवासीजस्तो व्यवहार नगर्न महानगरलाई आग्रह गरेको छ।
- अलायन्सले भूमि अधिकारलाई नैसर्गिक अधिकारको रूपमा स्थापित गर्न र स्थानीय सरकारलाई दम्भ नदेखाउन चेतावनी दिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा फेरि डोजर चलाउने तयारी गरेको खबरप्रति 'जेन–जी मुभमेन्ट अलायन्स'ले गम्भीर आपत्ति जनाउँदै बिना विकल्प बस्ती नहटाउन चेतावनी दिएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै अलायन्सले बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नुभन्दा समस्या समाधानको बाटो खोज्न महानगरलाई सुझाव दिएको छ।
अलायन्सले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण जीवनयापन गरिरहेका बेला उनीहरूमाथि निरन्तर प्रहार गरी देशभित्रै आप्रवासीजस्तो व्यवहार गर्नु घोर निन्दनीय भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिकाले पर्याप्त अध्ययन र उपयुक्त विकल्प नदिई बस्तीहरूमा फेरि डोजर लगाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ मौजुदा ऐन, कानुनले बस्ती हटाउने प्रक्रियाबारे स्पष्ट व्यवस्था गरे पनि त्यसलाई पूरा नगरी आतङ्क र भयको वातावरण सिर्जना गरिएकोमा अलायन्सले खेद प्रकट गरेको छ।
लामो समयदेखि सीमित वर्गको अधीनमा भूमि सम्बन्धी व्यवस्था हुँदै आएको र भूमि आयोगहरूमा समेत दलीयकरण तथा माफियाहरूको रजगजले गर्दा समस्या समाधान हुन नसकेको अलायन्सको ठहर छ।
अलायन्सले भूमि अधिकारलाई नैसर्गिक अधिकारको रूपमा स्थापित गर्दै सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई काठमाडौँ महानगरले उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ। साथै, निहत्था र उत्पीडित जनतामाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन पनि चेतावनी दिएको छ।
अघिल्लो साता महानगरले धोबीखोला र बागमती किनाराका बस्ती हटाउन एक साताको अल्टिमेटम दिएपछि सुकुम्बासी बस्तीमा हलचल मच्चिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण