बेमौसमी वर्षा : कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको क्षति
सारांश
- कोशी प्रदेशमा अविरल वर्षाका कारण दुई अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको धानबालीमा क्षति पुगेको छ।
- वर्षाले सुनसरीमा २०० हेक्टरमा लगाइएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य चार करोड बराबर छ।
- प्रदेशका विभिन्न जिल्लाहरूमा धानबालीमा क्षति पुगेको छ, जसमा मोरङ, सुनसरी र उदयपुर प्रमुख छन्।
विराटनगर । अविरल वर्षाबाट कोशी प्रदेशमा कूल रु दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल वर्षा भएको थियो ।
जसमा अविरल वर्षाकै कारण सुनसरीमा २०० हेक्टर जग्गामा लगाइएको दुई हजार मेट्रिक टन अर्थात् रु चार करोड बराबरको तरकारीमा क्षति पुगेको निर्देशालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिए ।
सूचना अधिकारी गुरुङका अनुसार झापामा चार हजार ३६४ हेक्टर, मोरङमा तीन हजार ४२१ हेक्टर, सुनसरीमा दुई हजार ८५१ हेक्टर, उदयपुरमा ३२३ हेक्टर, इलाममा २६८ हेक्टर, पाँचथरमा १४४ हेक्टर, ताप्लेजुङमा १२० हेक्टर, धनकुटामा ११८ हेक्टर, तेह्रथुममा १५७ हेक्टर, भोजपुरमा २५० हेक्टर, खोटाङमा २०० हेक्टर, ओखलढुङ्गामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र सङ्खुवासभामा १२५ हेक्टर जग्गामा लगाइएको धानबालीमा वर्षाले क्षति पुगेको छ ।
कोशी प्रदेशमा कूल दुई लाख ६८ हजार ७६५ हेक्टर जग्गामा धानबाली लगाइएको थियो जसमा १२ हजार ४३२ हेक्टर धानबाली र २०० हेक्टर तरकारी बालीमा बेमौसमी वर्षाले क्षति पुर्याएको जनाइएको छ ।
जिल्लागत रुपमा मोरङमा रु ७८ करोड ११ लाख ५६ हजार, सुनसरीमा रु ४५ करोड ३१ लाख ७२ हजार, उदयपुरमा रु चार करोड, उदयपुरमा रु चार करोड ६२ लाख ५३ हजार, इलाममा रु तीन करोड २१ लाख ४१ हजार, पाँचथरमा रु एक करोड २२ लाख १७ हजार, ताप्लेजुङमा रु एक करोड २२ लाख ४३ हजार, धनकुटामा रु एक करोड ३९ लाख ४० हजार, तेह्रथुममा रु एक करोड ३३ लाख २० हजार, भोजपुरमा रु दुई करोड ६४ लाख ९२ हजार, खोटाङमा रु एक करोड ६१ लाख १० हजार, ओखलुढुङ्गामा रु ६८ लाख दुई हजार, सोलुखुम्बुमा रु १४ लाख ६६ हजार र सङ्खुवासभामा रु एक करोड ११ लाख ८७ हजार मूल्य बराबरको धानबालीमा नोक्सानी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण