‘सरकार र शीर्ष नेताहरूबिचको ग्यापले निर्वाचन तयारीमा जटिलता थप्न सक्छ’
सारांश
- राष्ट्रिय सभा अध्यक्ष दाहालले निर्वाचनको तयारीमा सरकार र नेताहरूको सहकार्यको कमीबारे चिन्ता व्यक्त गरे।
- उनले राजनीतिक दलहरूको सक्रियता र सहकार्य बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताए।
- दाहालले जेनजी आन्दोलनका हतियार र जेल ब्रेकको घटनालाई निर्वाचनका लागि जटिल पक्षको रूपमा उल्लेख गरे।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा सरकार र शीर्ष नेताहरूबिच देखिएको सहकार्यको कमीले जटिलता थप्न सक्ने आशङ्का व्यक्त गरेका छन्। आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भए पनि अहिले त्यस्तो वातावरण नबनेको उनको भनाइ छ। उनले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउन सकेको भए पनि त्यो बेला दलहरूको सहमतिमा सरकार बनेकाले सहज भएको स्मरण गरे। तर, अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहौल बनाउन त्यति संलग्न नभएको दाहालको भनाइ छ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने भन्दै उनले दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरू पनि निर्वाचनका लागि अर्को जटिल पक्ष भएको बताएका छन्। निर्वाचन आयोगले भने निर्वाचनको लागि ६० प्रतिशत तयारी पूरा भएको जानकारी आफूलाई दिएको दाहालले उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण