बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री र भारतीय राजदूतबिच भेटवार्ता

आइतबार, २३ कात्तिक २०८२, १७ : ५०
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्याल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भयो, जसमा शान्ति सुरक्षाबारे छलफल भयो।
  • राजदूत श्रीवास्तवले चुनाव सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनमा भारतको सकारात्मक भूमिका रहने बताए।
  • मन्त्री अर्यालले चुनावलाई भयरहित बनाउन पहल गर्ने बताए भने सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण हुने कुरा गरे।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको बिचमा भेटवार्ता भएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अर्याल र राजदूत श्रीवास्तवको बिचमा शान्ति सुरक्षाको विषयमा छलफल भएको छ ।

राजदूत श्रीवास्तवले फागुन २१ मा घोषित प्रतिनिधिसभाको चुनाव प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।  निर्वाचन सफल बनाउन खेल्नुपर्ने भूमिकाबारे भारत सकारात्मक रहेको श्रीवास्तवको भनाई छ । भयरहित तरिकाले चुनाव गराउन आफू लागिपरेको मन्त्री अर्यालले बताएका छन् । 

खुला सिमानाका कारण निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण हुने मन्त्री अर्यालले छलफलको क्रममा बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप