मधेस प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग
काठमाडौँ । मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।
मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल कांग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको हो ।
सोनलसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा (माओवादी केन्द्र) का उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी उर्मिला देवी सिंह प्रदेश प्रमुख भण्डारीसँग भेट गरेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् । कार्यवाहक मुख्यमन्त्री सोनलकाअनुसार अहिले १०७ सदस्यीय प्रदेशसभामा करिब ८५ सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण