सुदन गुरुङको नागरिकतामा प्रश्न उठाउनु जातीय विभेद र असंवैधानिक: इन्डिजेनस जेनजी कलेक्टिभ
काठमाडौँ । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङको नागरिकतामाथि नेकपा एमालेका नेता महेश बस्नेत र राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सार्वजनिक रूपमा प्रश्न उठाएकोमा इन्डिजेनस जेनजी कलेक्टिभले कडा आपत्ति जनाएको छ ।
कलेक्टिभले आज जारी गरेको प्रेस विज्ञप्तिमा यो कार्यलाई ‘जातीय घृणा फैलाउने, असंवैधानिक र नश्लवादी’ भन्दै यसले समावेशी लोकतान्त्रिक मूल्य र संविधानको अवहेलना गरेको बताएको छ ।
संविधानको धारा १८ र धारा ४२ अनुसार दिँदै कलेक्टिभले नागरिकतामाथि प्रश्न उठाउनु गम्भीर संवैधानिक उल्लङ्घन र सामाजिक अपराध भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि व्यक्तिको नागरिकता शारीरिक बनावट, भेषभूषा वा जातीयताका आधारमा नभई संविधानले निर्धारण गर्छ। यसैले यस्ता गतिविधि सामन्ती र दम्भपूर्ण भएको ठहर गरिएको छ ।'
कलेक्टिभले महेश बस्नेत र क्षितिज थेबेमाथि कानुनी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोगलगायत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
इन्डिजेनसको विज्ञप्तिप्रति जेनजी मुमेन्ट अलायन्स र काउन्सिल अफ जेनजीले पनि समर्थन जनाएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण