पोखरा एभेन्जर्स : समर्थक बढाउन कन्सर्ट, संकलित पैसा खेल क्षेत्रमै
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो टिमको प्रचारका लागि कन्सर्टको आइडिया लगायो ।
अघिल्लो प्रतियोगितामा खासै समर्थक बटुल्न नसकेको एभेन्जर्सले यो वर्ष एनपीएल सुरु हुनुअघि पोखरा रङ्गशालामा नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट आयोजना गर्यो । झण्डै १२ हजार दर्शककाबिच गायक अमृत गुरुङले दमदार प्रस्तुति दिए ।
एभेन्जर्सले उक्त कन्सर्टबाट उठेको रकम क्रिकेट क्षेत्रकै विकासका लागि लगाउने घोषणा गरेको छ । केही रकम प्रदेशभित्रका विद्यालयमा क्रिकेट कीट वितरणमा खर्च गर्ने र केही रकम रंगशालाको विकासमा लगाउने आयोजकले जनाएको छ ।
कन्सर्टमा ७ हजार ८ सय जनाले टिकट काटेर कन्सर्ट हेरेका थिए भने, २ हजार २ सय जनालाई अतिथिको पास वितरण गरिएको थियो ।
केही व्यक्तिहरू टिकट नकाटि पुगेकाले करिब १२ हजारले कन्सर्टको अवलोकन गरेको एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।
कन्सर्टका लागि सुरुआतमा टिकट काट्ने एक हजार जना र विद्यार्थीका लागि ९ सय ९९ रुपैयाँ तोकिएको थियो ।
यस्तै, अन्यका लागि १ हजार ४ सय ९९ रुपैयाँ निर्धारण गरिएको थियो । त्रिपाठीका अनुसार, २ हजार जनाले ९ सय ९९ को जर्सी खरिद गरेका थिए भने ५ हजार ८ सय जनाले १ हजार ४ सय ९९ को जर्सी खरिद गरे ।
प्रत्येक टिकटबाट दुई सय रुपैयाँ जिल्ला खेलकुद विकास समिति र एक सय रुपैयाँ विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी यसअघि नै भएको थियो । सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरको क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्ने त्रिपाठीले जानकारी दिए । उक्त विद्यालयको छनोट खेलकुद विकास समिति र क्रिकेट सङ्घसँगको समन्वयमा गरिने छ ।
नेपथ्य ब्याण्डको प्रस्तुतिका कारण पोखराको खेल क्षेत्रले पनि लाभ प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ बताउँछन् । उनले फुटबल स्टेडियममा फ्लड लाइट राख्नका लागि छिट्टै अर्को कन्सर्ट आयोजना गर्नेबारे छलफल चलिरहेको जानकारी दिए ।
एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ । पहिलो संस्करणमा पोखराले २ खेलमा मात्रै जित निकालेको थियो । यस पटक अघिल्लो संस्करणको कमजोरी सुधार गरेर प्रदर्शन राम्रो गर्ने टोलीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण