आजदेखि खुल्यो धितोपत्र बोर्ड, अध्यक्षको राजीनामाको माग पनि 'होल्ड'
सारांश
- कर्मचारी आन्दोलनका कारण बन्द रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ।
- कर्मचारीको माग पूरा गर्ने सहमति भएपछि बोर्डका कर्मचारीहरू नियमित काममा फर्किएका छन्।
- सेयर निष्कासन अनुमति लगायतका रोकिएका कामहरू बोर्ड सुचारु भएसँगै फेरि सुरु हुनेछन्।
काठमाडौँ । कर्मचारी आन्दोलनका कारण डेढ महिनाभन्दा बढी समयदेखि ठप्प रहेको नेपाल धितोपत्र बोर्डको काम आजदेखि नियमित रूपमा सुरु भएको छ ।
अर्थ मन्त्रालयले कर्मचारीको सेवा सुविधा कटौती हुनेगरी पठाएको पत्र पठाएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूको माग पूरा गर्नेगरी सहमति भएसँगै उक्त बोर्डको नियमित कामकारबाही सुचारु भएको हो ।
आजदेखि बोर्डका सबै कर्मचारीहरू नियमित काममा फर्किएको नेपाल धितोपत्र कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बताए । उनले सरकारले माग पूरा गर्ने सहमति जनाएपछि ‘शंकाको सुविधा’ दिएको उनले बताए ।
उनले एक साताभित्र माग पूरा नभए आफूहरू फेरि आन्दोलनमा फर्किनसक्ने अवस्था समेत रहेको बताए ।
आइतबार बोर्डका मन्त्रालयले बोर्डलाई पठाएको पत्रबारे अध्ययन गर्न एउटा समिति गठन गर्ने सहमति जुटेको थियो । कानुन मन्त्रालयका सहसचिवको अध्यक्षता रहने उक्त समितिले कर्मचारीको सुविधासम्बन्धी नियमावलीमा रहेको व्यवस्था र उक्त पत्रको औचित्यबारे अध्ययन गर्ने आवश्यक सिफारिस गर्नेछ । समितिमा बोर्डका रहेका कर्मचारी संगठनहरूको प्रतिनिधित्व रहनेछ ।
बोर्डको कामकारबाही सुरु भएसँगै रोकिएका सेयर निष्कासन अनुमति तथा बोर्ड अन्तर्गतका निकायको नियमित काम कारबाही सुरु हुनेछ । अहिले धितोपत्र बोर्डमा ७४ वटा कम्पनीको ५४ अर्ब १५ करोड बढीको साधारण शेयर (आईपीओ) निष्कासनको प्रतीक्षामा रहेका छन् । त्यस्तै, झन्डै पौने ६ अर्बको हकप्रद शेयर तथा झन्डै २३ करोडको एफपीओ समेत निष्कासनको प्रतीक्षामा छन् ।
आफ्ना माग पूरा गर्न बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै आएका कर्मचारीहरूले यो मागलाई होल्ड गरेका छन् । आफ्नो माग अर्थ मन्त्रालयको पत्र सच्याउनुपर्ने रहेको र यसमा अध्यक्षले सहयोग नगरेपछि राजीनामा मागे पनि पत्रको विषयमा सहमति भएसँगै उक्त माग समेत स्थगित भएको ढुंगाना बताउँछन् ।
‘उहाँको कार्यशैलीको विषयमा केही समस्या भए मन्त्रालयले हेर्छ, यसमा हाम्रो सहयोग हुन्छ, हामीले गरेको मागमा सहमति भएकोले हामी यो विषयलाई अहिले छोडेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण