को हुन् मेटा सुपरइन्टेलिजेन्सको जिम्मा पाएका अलेक्जेन्डर वाङ ?
सारांश
- एआईको विकासमा प्रतिस्पर्धा बढ्दा, मेटाले अलेक्जेन्डर वाङसँग १४ अर्ब ३० करोड डलरको सम्झौता गरेको छ।
- वाङले स्केल एआई स्थापना गरी एआई मोडेलहरूलाई तालिम दिन डेटा प्रदान गर्थे, जसले उनलाई कान्छो अर्बपति बनायो।
- मेटाले वाङको स्केल एआईमा लगानी गरी एआई अनुसन्धान र विकासलाई अगाडि बढाउने लक्ष्य राखेको छ।
न्यूयोर्क । कृत्रिम बौद्धिकता (एआई)को द्रुत विकाससँगै विश्वभरका प्राविधिक कम्पनीबिच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । राम्रा प्रतिभाशाली कर्मचारी आफूसँग ल्याउन कम्पनीहरू जुनसुकै मूल्य तिर्न पनि तयार छन् । यस्तैको एउटा उदाहरण हुन् अलेक्जेन्डर वाङ ।
२८ वर्षीय यी युवा हाल सिलिकन भ्यालीमा चर्चाको विषय बनेका छन् । मेटाका सीईओ मार्क जुकरबर्गले वाङलाई कम्पनीको एआई टोलीको प्रमुख नियुक्त गरेका छन् । वाङसँग कम्पनीले १४ अर्ब ३० करोड डलरको सम्झौता गरेको छ । योसँगै वाङ अहिलेसम्मकै सबैभन्दा धेरै तलब पाउने एआई कर्मचारीमध्ये एक हुन् ।
अलेक्जेन्डर वाङको जन्म न्यू मेक्सिकोमा भएको थियो । उनका मातापिता चिनियाँ आप्रवासी हुन् । दुवै लस अलामोस राष्ट्रिय प्रयोगशालाका भौतिकशास्त्री थिए । बाल्यकालदेखि नै वाङलाई गणित र कम्प्युटर विज्ञानमा लगाव थियो । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा पढेपछि उनले २०१६ मा स्केल एआई नामको स्टार्टअप स्थापना गरे । यसले मेसिन लर्निङ मोडेलहरूलाई तालिम दिन उच्च–गुणस्तरको एनोटेटेड डेटा प्रदान गर्थ्यो ।
मेटामा सामेल हुनुभन्दा लगभग एक दशकसम्म वाङले स्केल एआईको नेतृत्व गरेका थिए । स्केल एआई चाँडै नै धेरै प्रमुख एआई विकासकर्ताका लागि एक प्रमुख साझेदार बन्यो, जसले एनभिडिया, अमेजन र मेटा जस्ता ग्राहकहरूको लागि डेटा सञ्चालनलाई बलियो बनायो । २०२४ सम्ममा, स्केल एआईको मूल्याङ्कन लगभग १४ अर्ब डलर पुगेको थियो । यही कम्पनीले वाङलाई एआई उद्योगको सबैभन्दा कान्छो अर्बपति पनि बनायो ।
एआई मोडेलहरूलाई तालिम दिनको लागि डेटा लेबलिङ गर्ने कम्पनी खोल्नु वाङकै अवधारणा थियो । यसले एआईको दौडमा मेटाको सबैभन्दा ठुलो चुनौती समाधान गर्न सक्छ । प्रतिस्पर्धी ठुला भाषा मोडेलहरूलाई प्रशिक्षण दिन उच्च विशिष्ट डाटाबेसमा पहुँच आवश्यक चाहिन्छ । यो तथ्य मेटाको लागि कुनै गोप्य कुरा होइन । यस वर्षको जुनमा, मेटाले वाङको कम्पनी स्केल एआईमा १४ अर्ब ३० करोड डलर लगानी गर्यो र कम्पनीमा ४९प्रतिशत हिस्सेदारी प्राप्त गर्याे । यसपछि कम्पनीको मूल्यांकन दोब्बर भएर २९ अर्ब डलर पुग्यो ।
- मेटाको लागि किन जरुरी भयो यो सम्झौता ?
२०२५ को जुनमा मेटाले अलेक्जेन्डर वाङले मेटाको नवगठित सुपरइन्टेलिजेन्स ल्याबहरू मार्फत मेटाको कृत्रिम बुद्धिमत्ता रणनीतिको नेतृत्व गर्ने घोषणा गर्यो । यो मेटाको सबै एआई अनुसन्धान, पूर्वाधार र उत्पादन विकास प्रयासहरूलाई एकीकृत गर्न डिजाइन गरिएको एकाइ थियो । वाङले मेटाको विशाल एआई इकोसिस्टमलाई पुनर्गठन गर्न कुनै समय खेर फालेनन् । आन्तरिक मेमोमा, उनले लेखे, ‘सुपरइन्टेलिजेन्स आउँदै छ र यसलाई गम्भीरतापूर्वक लिनको लागि, हामीले ती प्रमुख क्षेत्र आसपास सङ्गठित हुनु जरुरी छ, जो यसलाई हासिल गर्न महत्त्वपूर्ण हुनेछ– अनुसन्धान, उत्पादन र पूर्वाधार ।’
स्केल एआईमा मेटाको १४ अर्ब ३० करोड डलरको लगानी एउटै कम्पनी अधिग्रहण गर्नसम्म मात्रै सीमित छैन । डाटा एनोटेसन पाइपलाइन, पूर्वाधार र प्रशिक्षण प्रणालीहरूमा स्केल एआईको विशेषज्ञताले मेटाको शक्तिशाली एआई मोडेलहरूको विकासमा प्रमुख भूमिका खेल्छ । यसबाहेक, ओपनएआई र गुगल डीपमाइन्ड जस्ता प्रतिस्पर्धीहरूले पनि एआईको सीमाहरू पर पर धकेलिरहेका छन् । वाङसँगको मेटाको साझेदारीले मेटालाई यस दौडमा प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा पुर्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण