एमाले केन्द्रीय सदस्य शेर्पा कैद बापतको रकम तिरेर कारागारबाट छुटे
सोमबार, २४ कात्तिक २०८२, १३ : ५९
सारांश
- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागारबाट छुटेका छन्।
- बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएका शेर्पा १८ कात्तिकमा पक्राउ परेका थिए।
- शेर्पाले कैदबापतको रकम तिरेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा उनी रिहा भएका हुन्।
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कारागारबाट छुटेका छन् । कैदबापतको रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
बहुविवाह मुद्दामा उनलाई अदालतले १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । १८ कातिकमा शेर्पा धुम्बाराहीबाट पक्राउ परेका थिए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार उनी कारागारबाट रिहा भएको डिल्लीबजार कारागारका एक जना अधिकृतले रातोपाटीलाई बताए । कैदबापतको रकम तिरेर निस्किन पाउँ भन्दै उनले अदालतमा निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण