बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी मुभमेन्ट अलायन्सले माग्यो प्रदेश प्रमुखको राजीनामा

सोमबार, २४ कात्तिक २०८२, १५ : ०९
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । नेपाल जेनजी मुभमेन्ट अलायन्सले मधेस प्रदेशमा सरकार गठनको प्रक्रिया असंवैधानिक भन्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको तत्काल राजीनामा माग गरेको छ ।

साेमबार अलायन्सले प्रेस विज्ञप्ति जारी गर्दै जितेन्द्र सोनलले मधेस प्रदेशको मुख्यमन्त्रीबाट विश्वासको मत लिनुअघि नै राजीनामा दिएको अवस्थामा नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार प्रदेश प्रमुखले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु ‘मध्यरातमा भएको कपटपूर्ण असंवैधानिक दुष्प्रयास’ भएको आरोप लगाएको छ । 

अलायन्सले ‘जेनजी विद्रोहीले फालिसकेको अहङ्कारी र सङ्घीयता विरोधीले नियुक्त गरेको’ भन्दै  भनिएका प्रदेश प्रमुखले आफ्नो नियुक्तिदाताप्रति वफादारी देखाउँदै काम गरेको आरोप लगाएको छ । 

अलायन्सले  केपी ओलीले  मध्यरातमा गरेको ‘असफल कु’  को उदाहरण दिँदै प्रदेश प्रमुखको कार्यालयबाट ’चोरी चोरी चुपके चुपके’ होटलमा गायब हुने प्रवृत्ति दोहोरिएको भन्दै व्यङ्ग्य गरेको छ । 

अलायन्सले मधेस प्रदेश सभामा सहभागी सम्पूर्ण राजनीतिक दलहरूलाई प्रदेश सरकारको स्वायत्तता र स्थायित्वप्रति सचेत रहन आग्रह गरेको छ ।

579199788_4109837975828308_2858239930168374909_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप