१५ कलाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान
काठमाडौँ । चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । बोर्ड परिसर, चाबहिलमा सोमबार एक कार्यक्रमकाबिच सञ्चारमन्त्री जगदीश खरेलले उक्त सम्मान तथा पुरस्कार कलाकर्मीहरुलाई प्रदान गरेका हुन् ।
कलाकर्मीहरुलाई २० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा शिव श्रेष्ठ (कलाकार), सबिता गुरुङ (कलाकार), तीर्थ थापा (निर्देशक),यस कुमार (संगीतकार/गायक/निर्देशक), ध्रुव लम्साल (चलचित्र पत्रकार), रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक), सम्झना रौनियार (निर्देशक), युवराज लामा (निर्माता/निर्देशक), हेमन्त बुढाथोकी (कलाकार), किशन पोखरेल (निर्माता), स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त), नाजिर हुसेन (कलाकार), रिमेश अधिकारी (निर्देशक), रेनीश फागो (रंग संयोजक/प्राविधिक), अन्जु पन्त (गायिका)लगायत रहेका छन् ।
कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालीम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण