माधव नेपालको संकल्प माओवादीमा विसर्जन भयो : शंकर पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले नेकपा एस माओवादीमा विसर्जन भएको बताए।
- पोखरेलले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टी निर्माण गर्ने संकल्प माओवादीमा विसर्जन भएको बताए।
- उनले युवाहरूलाई सोसल मिडियाबारे बुझाउन नसकेको र आन्दोलन हिंसामा परिणत भएको स्वीकार गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले फुटाएर गठन गरेको नेकपा एकीकृत समाजवादी माधव नेपालले माओवादीमा विसर्जन गरेको बताएका छन् । सोमबार एमालेले काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘लामो समय एमालेको नेतृत्व गरेका माधव नेपालले आफू जहाँ उभिन्छाैँ त्यही कम्युनिस्ट पार्टी हुन्छ भनेपछि कतिपय नेपालको पक्षमा लागेका थिए’, पोखरेलले भने, ‘तर माधव नेपालले आफ्नो नेतृत्वमा बलियो कम्युनिस्ट पार्टी निर्माण गर्ने संकल्प आज माओवादीमा विसर्जनका रूपमा अन्त्य भएको छ ।’
महासचिव पोखरेलले अव माधव नेपालको पछि लागेर नेपालको कम्युनिस्ट आन्दोलन अघि नबढ्ने देखेर त्यसबेला माधव नेपालको पक्षमा लागेका नेता कार्यकर्ता बुझेर नै एमालेमा फर्किएको बताए ।
कार्यक्रममा भदौ २३ र २४ जेनजी आन्दोलन र त्यसक्रममा भएको हिंसाको प्रसङ्गमा महासचिव पोखरेलले नव युवाहरूलाई आफूहरूले सोसल मिडियाबारे सम्झाउन बुझाउन नसकेको स्वीकार गरे । त्यसक्रममा उनले जेनजी अभियान्ताले सोसल मिडियाबारे सरकारसँग माग नराखेको भन्दै पछि आन्दोलनलाई हिंसामा परिणत गरिएको बताए ।
‘त्यो षडयन्त्रको योजना अन्तर्गत थियो भन्ने कुरा अहिले पटाक्षेप हुँदै गएको कुरा हामीले बिर्सनु हुँदैन’, पोखरेलले भने ‘२३ गतेको घटनालाई अतिरञ्जित गर्ने काम भयो कि प्रधानमन्त्री र गृहमन्त्री नै फिल्डमा उत्रिएको जसरी प्रचार गरियो ।’ अहिले बनेको सरकार राजनीतिक दल र लोकतन्त्रलाई कमजोर पार्न लागिरहेको घटनाक्रमहरूले पुष्टि गरेको दाबी पोखरेलले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण