दिल्लीमा विस्फाेट, ८ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै भएको एक शक्तिशाली कार विस्फोटमा परी ८ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।
विस्फोटको कारण खुल्न सकेको छैन, तर यस घटनापछि दिल्लीसहित मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।
प्राप्त जानकारी अनुसार सोमबार साँझ त्यहाँको ६ः५५ बजे फोर्ट मेट्रो स्टेसनको गेट नम्बर-१ नजिकैको पार्किङमा रोकिराखिएको एउटा इको कारमा विस्फोट भएको थियो । विस्फोटपछि लागेको आगो तीव्र गतिमा फैलिएको थियो, जसका कारण नजिकै पार्क गरिएका थप ३ वटा गाडीहरू पनि जलेर नष्ट भएका छन् ।
घटनालगत्तै प्रहरीले पूरै इलाकालाई घेरा हालेको छ । फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले आसपासका सीसीटीभी फुटेजहरू पनि विश्लेषण गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग घटनाबारे छलफल गरेका छन् । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) र राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) का टोलीहरूलाई पनि घटनास्थलतर्फ पठाइएको छ ।घटनाको थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण