अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह सार्वजनिक
सारांश
- अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह 'The Burden of Breath' काठमाडौंमा विमोचन गरियो।
- वरिष्ठ साहित्यकार र मण्डला बुक पोइन्टका प्रतिनिधिले पुस्तकको विमोचन गरे र सिलवालको लेखनको प्रशंसा गरे।
- संग्रहमा प्रेम, आत्मपहिचान, मानवीय संवेदना र आन्तरिक अनुभवलाई उजागर गर्ने ११७ कविताहरू छन्।
काठमाडौँ । अनुष्का सिलवालको पहिलो काव्यसङ्ग्रह ‘The Burden of Breath’ काठमाडौँमा शनिबार आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. गोविन्दराज भट्टराई र मण्डला बुक पोइन्टका माधवलाल मल्लले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै दुवै अतिथिहरूले सिलवालको लेखनको संवेदनशीलता, भाषिक सूक्ष्मता तथा मौलिकता प्रशंसा गरे
सङ्ग्रहमा ११७ कविता समावेश छन्, जसले प्रेम, आत्मपहिचान, मानवीय संवेदना र आन्तरिक अनुभवलाई उजागर गर्छन्
२४ वर्षीया सिलवालले अमेरिकाको इंडियाना विश्वविद्यालयबाट मार्केटिङ र मनोविज्ञानमा अध्ययन गरेकी हुन् र लेखनलाई आत्म अभिव्यक्तिको माध्यमका रूपमा उपयोग गर्दै आएकी छन्
कार्यक्रममा सिलवालले आफ्ना गुरु, शिक्षक तथा परिवारप्रति आभार व्यक्त गर्दै पुस्तक बिक्रीबाट आउने केही रकम परोपकारी काममा खर्चिने घोषणा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण