च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर
सारांश
- मुस्ताङको जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालनबाट वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्छन्।
- सुरुमा सामूहिक च्याङ्ग्रापालन सुरु गरे पनि समस्या आएपछि उनले एक्लै पाल्न थाले।
- उनले मल बिक्री र पाठापाठी बिक्रीबाट आम्दानी गर्छन् र जलवायु परिवर्तनको जोखिमका बाबजुद व्यवसायलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा उनले रु एक हजार लगानीबाट यो व्यवसाय सुरु गरेका थिए।
सुरुमा दलित समुदायका ३० घरधुरीले सामूहिक रूपमा च्याङ्ग्रापालन सुरु गरेका थिए, जसअन्तर्गत प्रतिघरधुरीले रु एक हजार तिरेर तीन/तीनवटा माउ (रमा) च्याङ्ग्रा पाएका थिए। तर, सामूहिक पालनमा कठिनाइ र च्याङ्ग्रा हराउने/मर्ने समस्या आएपछि एक वर्ष नबित्दै उनीहरूले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे।
भागबन्डामा दुईवटा च्याङ्ग्रा पाएका पूर्णबहादुरले त्यसमा थप १० वटा च्याङ्ग्रा जोडेर १२ वटाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरे। उनको फार्ममा हाल १३० भन्दा बढी च्याङ्ग्रा छन्। यसै वर्ष मात्र उनले रु ४० हजार मूल्यमा २० वटाभन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए।
च्याङ्ग्रापालनबाट हुने मुख्य आम्दानी मल उत्पादन र पाठापाठी बिक्रीबाट हुने गर्दछ। पूर्णबहादुर बर्सेनि २०० झोपा मल बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गर्छन्। उनी भन्छन्, "मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ।"
जलवायु परिवर्तन र हिउँचितुवा जस्ता वन्यजन्तुको जोखिमका कारण धेरैले यो व्यवसाय छोडे पनि पूर्णबहादुरले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण