प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै एमालेद्वारा देशभरका स्थानीय तहमा प्रदर्शन
सारांश
- एमालेले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभर प्रदर्शन गरेको छ।
- मंगलबार मोटरसाइकल र्याली र नारा जुलुससहित विभिन्न पालिकाहरूमा र्यालीको आयोजना गरिएको थियो।
- एमाले नेता आनन्दप्रसाद पोखरेलले देशभर प्रदर्शन गरेको जानकारी दिए र यसलाई जागरण अभियानको रूपमा अघि बढाइएको बताए।
काठमाडौँ । विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा(एमाले)ले मुलुकभरका स्थानीय तहमा प्रदर्शन गरेको छ ।
मंगलबार एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकाहरूमा मोटरसाइकल र्यालीका साथै नारा जुलुस सहित र्यालीको समेत आयोजना गरिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
यसैक्रममा एमाले काठमाडौँ महानगर कमिटीले काठमाडौँको वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो । एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटन विरुद्ध देशैभर प्रदर्शन गरेको जानकारी दिए ।
आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए ।
एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मङ्सिर ६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण