६० किलो सुन प्रकरणका फरार कैदीबन्दी पक्राउ
काठमाडौँ । ६० किलो सुन प्रकरणमा मुद्दा पुर्पक्षका लागी जेलमा रहेर फरार भएका कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई छन् । उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए । उनलाई कारागार प्रशासनको जिम्मा लगाइएको एसपी आचार्यले जानकारी दिए ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन २०८० साउन ३ मा राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको थियो । सो सुनको तस्करीमा संलग्न १८ जना सुन तस्कर जेनजी प्रदर्शनमा कारागारबाट भागेका छन् ।
फरार हुनेमा सुन तस्करीमा मुख्य भूमिकामा देखिएका याओ पुचेङ ‘एलेक्स’ सहित १० जना चिनियाँ नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण