रविन्द्रसँग रविले भने– यिनीहरूसँग लड्ने नै हो
मङ्गलबार, २५ कात्तिक २०८२, १८ : ३९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । मंगलबार लामिछानेलाई भेट्न मिश्र नख्खु कारागार पुगेका थिए ।
लामिछानेको ऊर्जा, आत्मविश्वास र दृढता देखेर असाध्यै खुसी भएको मिश्रले बताए । राजनीतिक रूपमा कहिलेकाहीँ घोचपेच भएपनि रविप्रतिको मानवीय सद्भभावमा कहिल्यै कमी नआएको मिश्रले बताए ।
मिश्रले भने,'धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तत्कालीन सरकारले जसरी ह्याण्डल गर्यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।'
भेटमा लामिछानेले मिश्रसँग भने,'यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण