सङ्गठनविरुद्ध गैर जिम्मेवार हर्कतप्रति अनेरास्ववियुको भर्त्सना
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले हालै सङ्गठनको नाम, लेटरप्याड र आधिकारिक फेसबुक पेजको दुरुपयोग भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्गठनले मंगलबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अनेरास्ववियुको नाममा गैरजिम्मेवार र अराजक गतिविधि भइरहेको भन्दै त्यसप्रति कडा आपत्ति प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलन पश्चात देशको परिस्थितिलाई कारण देखाउँदै अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाद्वारा संगठनविरुद्ध गरिएको गैर जिम्मेवार, अनुशासनहीन र अराजक हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।”
सङ्गठनले केन्द्रीय कार्यालयमा अनधिकृत प्रवेश र तोडफोड जस्ता गतिविधि तुरुन्त बन्द गर्न चेतावनी दिँदै यस्ता कार्यले सङ्गठनको गौरव र अनुशासनमा आँच पुर्याएको उल्लेख गरेको छ ।
अनेरास्ववियुले आफ्ना कार्यकर्ताहरूलाई भ्रमित नगर्न, अनुशासन र सङ्गठनको मूल्य–मान्यतामा रही जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ। साथै, सञ्चार माध्यमहरूलाई पनि यस्ता अराजक गतिविधिलाई प्रश्रय नदिन अपिल गरेको छ ।
विज्ञप्तिमा सङ्गठनको नेतृत्व सम्बन्धी निर्णय आन्तरिक विधि अनुसार चाँडै गरिने जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण