स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, फरार कैदी पनि संलग्न
सारांश
- ललितपुरको जावलाखेलमा स्कुटर चालकले ठक्कर दिएपछि एक महिलाको सिक्री लुटियो।
- लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा एकजना नख्खु कारागारबाट भागेका थिए।
- प्रहरीले लुटपाटमा प्रयोग भएको स्कुटर बरामद गरेको छ र थप अनुसन्धान जारी छ।
काठमाडौँ । ललितपुरको जावलाखेल स्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए । बागलुङको बुर्तिवाङ घर भएर काठमाडौँ–१४ बस्ने बस्ने ३७ वर्षीया सिर्पाली स्कुटरबाट लडिन् । उनी उठ्न खोज्दै थिइन्, दुईवटा स्कुटरबाट चारजना युवकहरू झरेर उनको गलाबाट सिक्री चुँडाले । अनि, फरार भए ।
सिर्पाली बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन् । उनले करिब ११ लाख मूल्य पर्ने सिक्री लुटपाट भएको प्रहरीलाई बताएकी छन् । असोज ५ मा भएको सो लुटमा संलग्न दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएर ललितपुरको ठैव बस्ने ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय विनय तामाङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आरोपी गंगे बहादुर तामाङ बा. ९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए । लुटमा प्रयोग भएको सो स्कुटर प्रहरीले बरामद गरेको छ ।
सिन्धुपाल्चोकको बलेफी घर भएका विनय चाहिँ जेनजी प्रदर्शनमा नख्खु कारागारबाट भागेको भेटिएको छ । भदौ २४ मा भागेका तामाङ फेरी लुटमा संलग्न भएको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनले भने, ‘विनयलाई हामीले नख्खु कारागारमा बुझाएका छौं ।’
आरोपीहरू भदौ २४ मा पक्राउ परेका हुन् । गंगे बहादुर तामाङलाई प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । लुटमा ५ जना संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण