नेपालमा फ्लु ‘ए’ भाइरसको अज्ञात उपप्रजातिको उदय ?
सारांश
- नेपालमा मौसमी फ्लुको प्रकोप बढ्दै गएको छ, जसमा 'हङकङ फ्लु' र अज्ञात उपप्रजातिहरूको वृद्धि भएको छ।
- फ्लु 'ए' भाइरसका नयाँ म्युटेसनहरू देखा परेका छन्, जसले संक्रमणको जोखिम बढाएको छ।
- फ्लुबाट बच्न व्यक्तिगत सरसफाइ र स्वास्थ्य विज्ञहरूको सुझाव पालना गर्नुपर्छ।
हाल धेरैलाई रुघाखोकी लागेको हुनुपर्दछ वा देखिन्छ । जाडो महिना लाग्दैगर्दा धेरैले रुघाखोकी लाग्नुलाई स्वाभाविक पनि मानेको हुनुपर्छ ।
रुघाखोकी रोगको लक्षण भएकाले यसको धेरै कारकमध्ये फ्लु भाइरस पनि एक हो । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी फ्लु भाइरसको चार प्रजाति हुन्छन् । फ्लु ‘ए’ र ‘बी’ले विशेषतः मानव स्वास्थ्यमा बढी समस्या ल्याउने गर्दछन् । यी दुई प्रजातिको भाइरस नेपालमा बर्सेनि ‘ब्याक–टु–ब्याक’ देखिँदै आइरहेका छन् ।
फ्लु ‘ए’ अन्तर्गत ‘स्वाइन फ्लु’ र ‘हङकङ फ्लु’ उपप्रजातिहरू देखिँदै आइरहेकोमा यो वर्ष (सन् २०२५) देखि अज्ञात (थाहा नभएको) उपप्रजातिको उपस्थिति बढ्दै गएको तथ्याङ्कले देखाउँछ । यो अज्ञात उपप्रजातिले आगामी दिनमा मानवीय स्वास्थ्यमा कस्तो असर पार्न सक्छ ? हाल उपलब्ध खोपलाई कस्तो चुनौती दिन सक्नेछ भन्नेजस्ता प्रश्नवाचक चिह्न खडा गरिदिएको छ ।
इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा फ्लु पनि भन्ने गरिन्छ । यसको लक्षण सामान्यदेखि कडा खालको हुने गर्दछ । कडा फ्लु हुँदा बेवास्ता गरिएमा मृत्युसमेत हुन सक्दछ । यो भाइरसको लक्षण देखिनु एक दिन अगाडिदेखि लक्षण देखिएको ५–७ दिनसम्म पनि सङ्क्रमितले अरूलाई भाइरस सार्न सक्दछ । सङ्क्रमण भएको एकदेखि चार दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ ।
यस्तो अवस्थामा उपचार नगरे बिरामीको मृत्युसमेत हुन सक्दछ । फ्लु विशेषतः ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई बढी जोखिमपूर्ण हुने गर्दछ ।
जाडो हुनु, कम्पन आउनु वा उच्च ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु वा नाक बन्द हुनु, टाउको वा जिउ दुख्नु, थकित हुनु र पखाला (कतिपयलाई) लाग्नु फ्लु भाइरसका प्रमुख अनि प्रारम्भिक लक्षण हुन् । जटिलता बढ्दै गएमा फोक्सोका विभिन्न समस्या देखिने गर्दछ भने अरु महत्त्वपूर्ण अङ्गहरूमा पनि समस्या देखिन सक्दछ ।
यस्तो अवस्थामा उपचार नगरे बिरामीको मृत्युसमेत हुन सक्दछ । फ्लु विशेषतः ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई बढी जोखिमपूर्ण हुने गर्दछ । फ्लुविरुद्ध औषधि र खोप पनि उपलब्ध छन् । फ्लुविरुद्धको खोपले जटिल अवस्था हुनबाट धेरै हदसम्म जोगाउन मद्दत गर्दछ । हाल जाडो बढ्दै जाँदा खोपको माग पनि बढ्दै गइरहेको टेकु अस्पतालको तथ्याङ्कले देखाउँछ ।
फ्लु ‘ए’ भाइरसले बेला–बेलामा महामारी (प्यानडेमिक)को रूप लिने गरेको इतिहास देखिन्छ । कोभिड–१९ भन्दा अगाडि सन् २००९ मा ‘स्वाइन फ्लु’ को नामले परिचित फ्लु ‘ए’ प्रजातिको ‘एचवानएनवान पीडीएम ०९’ उपप्रजातिलाई माहामारीको (प्यानडेमिक) घोषणा गरेको थियो । कम्तीमा ७४ देशमा प्रयोगशाला पुष्टि भएको यो भाइरसको कारणले एक वर्षमा अनुमानित (सीडीसी, अमेरिकाको अनुसार) १५१,७०० देखि ५,७५,४०० जनाको मृत्यु भएको तथ्याङ्क देखिन्छ भने सन् २०१० मा महामारी (प्यानडेमिक) अन्त्य भएको घोषणा गरिएको थियो ।
हाल नेपालमा यो मौसमी फ्लुको रूपमा देखिँदै आइरहेको । ‘हङकङ फ्लु’को नामले परिचित फ्लु ‘ए’ प्रजातिको ‘एचथ्री एनटु’ अर्काे उपप्रजाति हो र सन् १९६८ मा हंगकंगमा देखिएको थियो ।
विशेषतः यो ‘स्वाइन फ्लु’ भाइरसबाट युवाहरू बढी प्रभावित भएका थिए । नेपालमा मेरो टिमले गरेको अनुसन्धानमा पनि सबैभन्दा बढी ‘स्वाइन फ्लु’ प्रभावित उमेर समूहमा २१ देखि ३० वर्षका युवा नै थिए । यो निष्कर्ष त्यो समयमा अनुमान गरेभन्दा विपरीत अर्थात् ज्येष्ठ नागरिकलाई बढी जोखिम हुँदै आइरहेको ट्रेन्डभन्दा विल्कुल फरक थियो ।
हाल नेपालमा यो मौसमी फ्लुको रूपमा देखिँदै आइरहेको । ‘हङकङ फ्लु’को नामले परिचित फ्लु ‘ए’ प्रजातिको ‘एचथ्री एनटु’ अर्काे उपप्रजाति हो र सन् १९६८ मा हंगकंगमा देखिएको थियो । तत् पश्चात विश्वव्यापी फैलिएको थियो । यो भाइरसको कारणले त्योबेला अनुमानित १० लाखको मृत्यु भएको तथ्याङ्क देखिन्छ । हाल नेपालमा यी दुवै प्रजाति मौसमी फ्लुको रूपमा बर्सेनि देखिँदै आइरहेको छ ।
केही हप्ता अगाडि भारतमा फ्लु भाइरस व्यापक फैलिएको जानकारी सार्वजनिक भएको थियो । ‘हंगकंग फ्लु’को नामले परिचित फ्लु ‘ए’ प्रजातिको ‘एचथ्री एनटु’ उपप्रजाति तीव्र गतिमा फैलिएको भनिएको थियो । यो भाइरसबाट धेरै मानिस बिरामीसमेत भएका थिए ।
विगतमा भारतमा कोभिड–१९ को लहर देखिँदा त्यसको प्रभाव केही हप्ताभित्रै नेपालमा समेत देखिने गरेको अनुभव हामीसँग छ । यसमानेमा पनि भारतमा केही हप्ता अगाडिमात्र देखिएको ‘हंगकंग फ्लु’को त्यो उछाल नेपालसम्म छिटै नआउला भन्न सकिँदैन । महत्त्वपूर्ण अनि चिन्तित पार्ने गम्भीर कुरा के छ भने हाल फैलिरहेको ‘हंगकंग फ्लु’ को जीनमा कम्तीमा नयाँ ७ म्यूटेशन भएको भन्ने जानकारी सार्वजनिक भएका छन् । यसबाट भाइरसलाई थप तीव्र गतिमा फैलन सक्ने क्षमता विकशित भएको भन्ने वैज्ञानिकहरूको धारणा देखिन्छ । तसर्थ ‘हंगकंग फ्लु’ को प्रभावबाट बच्न नेपाल सरकार वा विज्ञहरूले सुझाएका बच्ने उपायहरूलाई अनुसरण गर्नु बुद्धिमानी देखिन्छ ।
खासगरी व्यक्तिगत सरसफाई जस्तै हात साबुन पानीले बेला–बेलामा धुने, मास्क लगाउने अनि खोक्नु परे हातको बाहुलीले छोपेरमात्र खोक्ने गर्नु पर्दछ । यो सङ्क्रमितले खोक्दा, हाछ्युँ गर्दा वा हातले कुनै बस्तुमा छोएर बारम्बार नाक, मुख र आँखामा छोएमा फ्लु भाइरस सार्न सक्दछ ।
अन्त्यमा, नेपालमा बर्सेनि मौसमी फ्लु देखिने गर्दछ, तर भारतमा हालै तीव्र गतिमा फैलिएको ‘हंगकंग फ्लु’ (सम्भावित म्यूटेशन भएको भाइरस) र पछिल्लो समय नेपालमा उदाएको अज्ञात वा नयाँ उपप्रजाति भाइरसको बढ्दो उपस्थितिले प्रकोपको जोखिमलाई थप बढाइदिएको छ । कोभिड–१९ को बेलामा जस्तै फ्लु भाइरसको पनि जीन विश्लेषण तथा अनुसन्धान गर्न सके त्यसको सम्भावित प्रभावको बारेमा अनुमान गरी त्यसै अनुरुप प्रतिकार्य गर्न सम्बधित निकायलाई सहज हुनेछ ।
(लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण