४५ प्रतिशतले बढ्यो बागमतीमा सवारी साधन, मोटरसाइकल मात्रै १ लाख बढी
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा सवारी साधन दर्ता संख्यामा ४५.२ प्रतिशतले वृद्धि भएको छ।
- मोटरसाइकलको दर्ता संख्यामा १९.७ प्रतिशतले वृद्धि भई १ लाख २ हजार ८ सय ११ पुगेको छ।
- अन्य सवारी साधनको दर्तामा ३२७.९ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा धेरै बढी हो।
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशमा सवारी साधनको दर्ता संख्यामा ४५.२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कुल १ लाख ३५ हजार ८ सय ६६ सवारी साधन दर्ता भएको नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनले देखाएको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा मोटरसाइकलको दर्ता संख्यामा १९.७ प्रतिशतले वृद्धि भई १ लाख २ हजार ८ सय ११ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ५ सय ८७ मोटरसाइकल दर्ता भएका थिए । यस्तै २०७९/८० को तुलनामा २.७ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०७९/८० मा ८ हजार ३ सय ५७ मोटरसाइकल दर्ता भएको देखिन्छ । मोटरसाइकल बाहेक अन्य सवारी साधनको दर्तामा ३२७.९ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा अन्य सवारी साधनको संख्या ३३ हजार ५५ पुगेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ७ हजार ७ सय २५ को तुलनामा धेरै बढी हो । जबकी २०८०/८१ मा अन्य सवारी साधनको दर्ता संख्या २०७९/८० को १४ हजार ७ सय १९ को तुलनामा ४७.५ प्रतिशतले घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
-
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो
-
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण