बिछोडको दिनको घाउमा मलम लगाएको जस्तो महसुस भएको छ: भीम रावल
सारांश
- डा. भीम रावलले नेकपासँगको पुनर्मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको बताए।
- उनले नेकपा विभाजन हुँदाको पेरिसडाँडाको बैठकलाई स्मरण गर्दै प्रतिक्रियावादीबाट पार्टी विभाजित भएको उल्लेख गरे।
- रावलले पार्टी एकताको ७ बुँदे सहमति भएको र एकता घोषणा कार्यक्रम हुने जानकारी दिए।
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको पुनर्मिलनले विगतमा बिछोडको दिनको आलो घाउमा मलम लगाएको महसुस भएको बताएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पार्टी एकता हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विगतमा नेकपा विभाजन भएको अवस्थाको स्मरण गरेका हुन् ।
२०७७ सालमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन हुँदा प्रचण्ड, माधव नेपाल सहितको अन्तिम बैठक पेरिसडाँडामै बसेको थियो । सोही दिनको स्मरण गर्दै रावलले भने, ‘जुनबेला कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिस्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यही ठाउँबाट छुटिएर गएको थियो । आज फर्किएर यहाँ बस्नुभएको नेता कमरेडहरू बिच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ ।
पार्टी एकता सम्बन्धी ७ बुँदे सहमति गरेका रावलले अहिले केही बेरमा एकता घोषणा कार्यक्रम हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण