‘झिँगेदाउ २’मा मुकुनको ठाउँमा महेश
काठमाडौं । फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको जानकारी दिए ।
‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छु,’ निर्देशक देउजाले भने, ‘उनको ठाउँमा महेश त्रिपाठी अनुबन्धित पनि भइसकेका छन् ।’ फिल्ममा महेशले केकीको श्रीमानको भूमिकामा निभाउनेछन् ।
यो सुपरहिट फिल्म ‘झिँगेदाउ’को यो सिक्वेल हो । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्टलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन् ।
२०७९ सालमा प्रदर्शन भएको ‘झिँगेदाउ’ समीक्षात्मक र व्यावसायिक दुवै हिसाबले सफल थियो ।
घरेलु बक्स अफिसमा ४ करोडमाथिको व्यापार गरेको यो फिल्म जहाँ अन्त्य भएको थियो, त्यहीँबाट यसको सिक्वेल सुरु हुने जनाइएको छ । दुई छोरा र बुहारीबिचको झगडा उत्कर्षमा पुगेपछि आमा निराश भएर वृद्धाश्रम गएपछि फिल्म टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण