गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाइ गरेका छन् । बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्यालले उनलाई बिदाइ गरेका हुन् ।
३० वर्षे सेवा अवधि पुरा गरेर खापुङ आजबाट अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयले बुधवार साँझ उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए ।
आईजीपी नियुक्त भएको पाँचौँ दिनमा काठमाडौँको बानेश्वर र इटहरीमा प्रहरीको गोलीबाट किशोरहरूको मृत्यु भयो । उनी आईजीपी भएको छैटौँ दिनमा मुलुकको कार्यकारी प्रधानमन्त्री हेलिकप्टर चढेर बालुवाटार छाड्न बाध्य भए ।
नेपाल प्रहरीमा अहिले ७९ हजार ५४१ जनशक्ति कार्यरत छन् । त्यति ठुलो फौजको कमाण्ड गरेका खापुङको कार्यकालमा जेनजी प्रदर्शनकारीले ४६५ वटा कार्यालयमा आगजनी र तोडफोड गरे । अहिले तीमध्ये ४०१ वटा कार्यालय पुनर्स्थापना भैसकेको छ । उनले २ महिना ७ दिन सङ्गठनको नेतृत्व गरे ।
मन्त्रिपरिषद्ले कार्तिक २७ बाट लागु हुने गरी ३३ औँ आईजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण