दोहोरो करमुक्ति सम्झौता गरेका सात देशलाई परिवर्तित कर कानुनबारे जानकारी
काठमाडौँ । सरकारले नेपालसँग दोहोरो करमुक्ति सम्झौता (डीटीएए) गरेका सात देशलाई नेपाली कर कानुनमा भएको परिवर्तनको सम्बन्धमा औपचारिक जानकारी गराएको छ ।
आन्तरिक राजश्व विभागले आयकर ऐन २०५६ को दफा ७३ को उपदफा ५ अनुसार यस्तो सम्झौता भएका मुलुकलाई परिवर्तित कानुनको सम्बन्धमा जानकारी गराएको हो ।
हालसम्म यस्तो सम्झौता भएका देशमध्ये नर्वे, थाइल्याण्ड, श्रीलङ्का, अस्ट्रिया, पाकिस्तान, चीन र दक्षिण कोरियालाई यस्तो जानकारी गराइएको हो ।
नेपालले अहिलेसम्म ११ देशसँग दोहोरो करमुक्ति सम्झौता गर्ने निर्णय गरेको थियो । त्यसमध्ये आयकर ऐन २०५८ आउनुभन्दा पछाडि दोहोरो करमुक्ति सम्झौता भएका मुलुकहरू बङ्गलादेश, भारत र कतारलाई यो जानकारी पठाइएको छैन ।
त्यस्तै, मौरिसससँग दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने सरकारले निर्णय गरेकोले यो मुलुकलाई समेत यस्तो जानकारी पठाइएको आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।
दोहोरो करमुक्ति सम्झौता भएका मुलुक कुनै आम्दानी गर्ने व्यक्तिले आम्दानी गरेको देशमा कर तिरेमा अर्को देशमा कर तिर्नु पर्दैन । आम्दानी हुने देशको आयकर दर कम रहेछ भने त्यसरी कम भएको हिस्सा रकम मात्रै अर्को देशमा तिर्नुपर्ने व्यवस्था छ ।
कुन देशसँग कहिले भएको थियो सम्झौता ?
आयकर ऐन २०५८ अघि सम्झौता भएका मुलुक
नर्वे– १९९७ जुन १९
थाइल्यान्ड– १९९८ जुलाई १४
मौरिसस– १९९९ नोभेम्बर १०
कोरिया– २००३ मे २९
अष्ट्रिया– २००२ जनवरी १
श्रीलङ्का– २००० मे ३१
पाकिस्तान– २००८ अक्टोबर २२
बङ्गलादेश– ६ मार्च २०१९
आयकर ऐन २०५८ पछि सम्झौता भएका मुलुक
भारत– २०१२ मार्च १६
चीन– २०१० डिसेम्बर ३१
कतार– २००९ मे १९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण